प्रदेश १ स्तरीय मौलिक बाजा साकेला ढोल र मादलको प्रशिक्षण सम्पन्न



काठमाडौं ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा प्रदेश १स्तरीय मौलिक बाजा साकेला ढोल र मादलको प्रशिक्षण कार्यक्रम सुनसरी धरानमा सम्पन्न भएको छ ।

गत फागुन २० गते देखि सुरू भएको प्रशिक्षण कार्यक्रम फागुन ३० गते सम्पन्न भएको हो । धरान नृत्य कला प्रतिष्ठानले स्थानीय व्यवस्थापन गरेको प्रशिक्षण कार्यक्रमका लागि मुनाल सास्कृतिक केन्द्र र रोएल डान्स एकेडेमीले स्थल उपलब्ध गराएका थिए ।

प्रशिक्षकद्वय भरत बुडाथोकी र दिपेश राईले १० दिने साकेला ढोल र मादलको प्रयोगात्मक र सैद्धान्तिक पक्षहरुमा प्रशिक्षण दिएकाे  कार्यक्रममा १० जिल्लाका ६० जना प्रशिक्षार्थीहरु सहभागी भएको र प्रशिक्षणबाट प्रत्यक्ष रुपमा लाभान्वित भएको प्राज्ञ अशोक राइले बताए ।

समापन कार्यक्रमलाइ सम्बोधन गर्दै प्रतिष्ठानका सदस्य सचिव श्यामप्रकाश तमोटले यस्ता प्रशिक्षण कार्यक्रमले यस क्षेत्रमा लाग्न चाहाने नवप्रवेशीहरुलाइ वाद्यवादनमा दक्ष र सक्षम बनाउन महत्वपूर्ण सहयोग पुग्ने बताए ।

समापन कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव श्याम प्रकाश तमोट, कार्यक्रम संयोजक प्राज्ञ अशोक राई, प्रशिक्षक, प्रशिक्षार्थी तथा सङ्गीत अनुरागी अतिथिहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्