भौगोलिक विविधता अनुसार शहरी नीति परिमार्जन हुनुपर्छ : मुख्यमन्त्री केसी


विष्णु रैगाईं, बुटवल ।

लुम्बिनी प्रदेशका प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले नेपालको भौगोलिक विविधता अनुसार शहरी नीति परिमार्जन तथा शहरी विकास ऐन बनाउनर्ने बताउनुभएको छ । शहरी विकास मन्त्रालयद्वाराा बुटवलमा आयोजित राष्ट्रिय शहरी नीति र विकास ऐन तर्जुमा सम्बन्धी एक दिने कार्यशालालाई सम्बोधन गर्दै उहाँले यस्ता बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘नेपाल विविधतायुक्त देश हो । यहाँको भौगोलिक बनावट अनुसारका शहरी नीति ल्याउन सके थुप्रै समस्या हट्न सक्छन् । संघीय सरकारले यस्ता विषयमा नीति बनाउँदा बहुआयामिक कुरालाई मध्यनजरमा राख्दै नीति बनाउनुपर्छ ।’

उहाँले देशका सुविधासम्पन्न क्षेत्रमा जनसंख्या बढिरहेको भन्दै अनुकुलता अनुसार सरकारले नीति परिमार्जन गर्ने र नयाँ ऐन ल्याउनुपर्ने समेत बताउनुभयो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।