मकवानपुर र रामेछाप क्वार्टरफाइनलमा



हेटौंडा, (नेस) ।

प्रदेश खेलकुद विकास परिषद् वागमतीको आयोजनामा भएको प्रथम खेलकुद प्रतियोगिताको पुरुष फुटबल प्रतियोगिताअन्तर्गत् मकवानपुर र रामेछाप क्वार्टरफाइनल पुगेका छन् ।

सोमबार क्याम्पा रंगशालामा भएको पहिलो खेलमा रामेछापले टाइब्रेकरमा सिन्धुपाल्चोकलाई हराएको हो । दोस्रो खेलमा मकवानपुरले नुवाकोटलाई ३–० गोलअन्तरले पराजित गरेको हो । पहिलो हाफ गोलरहित सकिए पनि ६० औं मिनेटमा मकवानपुरका समिरराज थोकरले गोल गरेका थिए । ७८ र ८३ मिनेटमा सुदीप सापकोटाले थप गोल गर्दै मकवानपुरलाई विजयी गराए ।

ब्याडमिन्टन
पुरुष ब्याडमिन्टनतर्फ चितवन र ललितपुर फाइनल प्रवेश गरेका छन् । सेमिफाइनलमा चितवनले सिन्धुलीलाई ३–० र ललितपुरले धादिङलाई ३–० अंकले पराजित गरेका थिए । महिलातर्फ धादिङ र सिन्धुपाल्चोक फाइनल प्रवेश गरेका छन् । सेमीफाइनलमा धादिङले ललितपुरलाई ३–२ अंक र सिन्धुपाल्चोकले नुवाकोटलाई ३–२ अंकले पराजित गरेका थिए ।

क्रिकेट
चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको महिला क्रिकेटतर्फ पहिलो खेलमा काठमाडौंले भक्तपुरलाई १० विकेटले हरायो । दोस्रो खेलमा काठमाडौंले चितवनलाई हराएको थियो । महिला क्रिकेटतर्फ ३ जिल्लाले मात्र सहभागिता जनाएका छन् । पुरुषतर्फका खेल चैत २ गतेबाट हुनेछ ।

प्रतिक्रिया दिनुहोस्