भक्तपुर ब्याडमिन्टन अर्को सातादेखि



काठमाडौं ।

भक्तपुर जिल्ला ब्याडमिन्टन संघको आयोजनामा प्रथम राष्ट्रव्यापी भक्तपुर खुला ब्याडमिन्टन प्रतियोगिता चैत ९ गतेदेखि हुने भएको छ । प्रतियोगितामा सातै प्रदेशका जिल्ला र तीन विभागीय टोली (आर्मी/प्रहरी/एपीएफ) बाट करिब २ सय खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष राजेन्द्रप्रसाद प्रजापतिले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

भक्तपुरको लिवालिस्थित कभर्डहलमा हुने प्रतियोगितामा ६ स्पर्धा समावेश छन् । आयोजकका अनुसार चारदिने प्रतियोगिता सञ्चालन गर्न करिब १६ लाख ८६ हजार ५ सय रुपैया” खर्च हुनेछ । सबैमा नगद पुरस्कार राखिएको छ ।

यू–१५ पुरुष/महिला सिंगल्समा शीर्ष स्थान हात पार्नेले क्रमशः १५ हजार, १० हजार र ७ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्नेछन् । पुरुष/महिला सिंगल्सका विजेताले ३५ हजार, उपविजेताले २० हजार र तेश्रोले १२ हजार ५ सयका दरले नगद पुरस्कार हात पार्नेछन् । भेट्रान ४५ वर्षमाथि डबल्स र पुरुष डबल्समा पहिलो हुनेलाई ३० हजार, दोश्रोलाई १५ हजार र तेश्रोलाई ७ हजार ५ सय नगदबाट पुरस्कृत गरिने छ ।

प्रतिक्रिया दिनुहोस्