अमेरिकामा कोरोनाको खोप लगाएका ५ देखि १५ बर्षका बालबालिकामा जोखिम कम



काठमाडौं । 

खोपको प्रभावकारितालाई संयुक्त राज्य अमेरिकाको सेन्टर फर डिजीज कन्ट्रोलले गरेको एक अनुसन्धानले कोभिडविरुद्धको फाइजर खोपले बालबालिकामा ओमिक्रोन संक्रमणको जोखिम कम गराएको उल्लेख गरिएको छ ।

अध्ययनले फाइजरको दुई मात्रा खोपले कोरोना संक्रमणमा कमी आएको उल्लेख गरेको छ । उक्त सेन्टरले खोप लगाएका ५ देखि १५ वर्ष उमेर समूहका बालबालिकामा सो अनुसन्धान गरिएको जनाएकोछ ।

खोपका बिषयमा सेन्टर फर डिजीजले सन् २०२१ को जुलाईदेखि सन् २०२२ फेब्रुअरी महिनासम्म अनुसन्धान गरेको थियो । सो अध्ययनबाट फाइजर खोपको दुई मात्रा खोप लगाएका ५ देखि १२ वर्षका बालबालिकामा ओमिक्रोनको संक्रमण ३१ प्रतिशतले कमी आएको र १२ देखि १५ वर्ष उमेर समूहका बालबालिकामा कोरोनाको जोखिम ५९ प्रतिशत कमी भएको पाईएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्