रुसी हमलामा आवासीय भवनमा ठूलो क्षति : म्याक्स टेक्नोलोजी



एजेन्सी, किभ ।

युक्रेनको दक्षिणी सहर मारिओपोलमा नागरिक पूर्वाधारहरु र आवासीय भवनहरुमा अत्यधिक क्षति भएको पछिल्लो स्याटलाईट तस्विरहरुले देखाएको छ । कृष्ण सागर बन्दरगाह सहरको पश्चिमा खण्डमा आगो देखिएको हाइ रिजोलुसन तस्विरहरुले देखाएको छ ।

अमेरिकी निजी कम्पनी म्याक्सर टेक्नोलोजीले सार्वजनिक गरेको तस्विरमा दर्जनौं क्षतिग्रस्त अग्ला अपार्टमेन्ट देख्न सकिन्छ । युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले आफ्नो देशमा आक्रमण गर्ने रुसी सेनाले मारिउपोललाई घेरेको भए पनि युक्रेन अझै पनि आफूहरुकै नियन्त्रणमा रहेको बताए ।

डक्टरर्स वीदआउट बोडर्सका अनुसार मारिओपोलको अवस्था निराशजनक छ । त्यहाँ पानी र तापको अभाव छ भने खाद्य आपूर्ति घटिरहेको छ । ‘लाखौं मानिसहरु।।सबै उदेश्य र अभिप्रायका लागि घेरिएका छन्,’ मेडिकल च्यारिटीको युक्रेन सञ्चालनको नेतृत्व गर्नेहरूमध्ये स्टेफेन कोरनिस भन्छन् ।

२४फेब्रुवरीदेखि युक्रेनमा गरेको रुसी हमला र १२ दिने नाकाबन्दीका कारण मारिओपोलमा कम्तीमा १५८२ सर्बसाधारण मारिएका त्यहाँको सिटी काउन्सिलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्