रूसीद्वारा युक्रेनको बाल अस्पतालमा हवाई आक्रमण ३ जनाको मृत्यु



एजेन्सी ।

युक्रेनको प्रसूति तथा बाल अस्पतालमा रूसी हवाई आक्रमणबाट एक बच्चासहित तीन जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन्।

राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले भत्किएको अस्पताल भवनको भग्नावशेषमा मानिसहरु फसेको बताएका छन् । उनले अस्पतालमा भएको आक्रमणलाई युद्ध अपराध भनेका छन् ।

राष्ट्रपति जेलेन्स्कीले अस्पताल भित्रको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । भिडियोमा अस्पताल गम्भीर रुपमा क्षतिग्रस्त भएको देखिएको छ ।

अस्पतालका कर्मचारी तथा बिरामीसहित कम्तीमा १७ जना घाइते भएको युक्रेनका क्षेत्रीय अधिकारीले बताएका छन् ।

मारिपोल तटीय शहर रहेको डोनेट्स्कका प्रशासक पाभ्लो किरिलेन्कोले अहिलेसम्म आक्रमणमा कसैको मृत्युको खबर नरहेको बताएका छन् । अस्थायी युद्धविरामका बेला आक्रमण भएको हो ।

प्रतिक्रिया दिनुहोस्