नेक्सस र मनकामना फाइनलमा



काठमाडौं ।

नेक्सस स्कुल र मनकामना स्कुल छैटौं अर्किड कप सेभेन ‘ए’ साइड अन्तरबिद्यालय नकआउट छात्र फुटबल प्रतियोगितामा बिहीबार फाइनल प्रवेश गरेका छन् । काँडाघारीस्थित अर्किड स्कुलको आयोजनामा भएको प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा नेक्ससले केभीएसलाई २–१ गोल अन्तरले पराजित गर्दै फाईनल यात्रा तय गरेको हो ।

नेक्ससको जितमा अमिष थापामगरले २ गोल गरे । केभीएसका लागि रोजल कार्कीले १ गोल फर्काए पनि हारलाई टार्न सकेनन् । प्रतियोगितामा केभिएसका विशाल दर्नाल ‘म्यान अफ द म्याच’ घोषित भए । अव नेक्ससले उपाधिका लागि मनकामनास”ग प्रतिस्पर्धा गर्नेछ ।

अर्को सेमिफाइनल खेलमा मनकामना स्कुलले टाइब्रेकरमा अक्षरिकालाई ११–१० गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । निर्धारित समयसम्म खेल १–१ गोलको बराबरीमा समाप्त भएपछि खेलको छिनोफानो टाइब्रेकरमा भएको थियो । मनकामनाका मानव बोमजन र अक्षरिकाका रविन मगरले गोल गरेका थिए ।

अक्क्षरिकाका राज श्रेष्ठ ‘म्यान अफ द म्याच’ घोषित भए । प्रतियोगिताको फाइनल खेल भव्यताका साथ सम्पन्न हुने आयोजकले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्