राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. लामिछाने नियुक्त



दाङ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको उपकुलपतिमा डा. विकास लामिछाने नियुक्त भएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले डा. लामिछानेलाई प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरेका हुन् ।

उपकुलपतिका लागि तीन जनाको सिफारिस परेको थियो । स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं राप्ती प्रतिष्ठानका सहकुलपति विरोध खतिवडा नेतृत्वको सिफारिस समितिले ऋषिकेश नारायण श्रेष्ठ, विकास लामिछाने र नारायणविक्रम थापाको नाम सिफारिस गरेको थियो ।

समितिमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला र स्वास्थ्य सचिव डा. रोशन पोखरेल सदस्य रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्