काठमाडौँ।
सूचना तथा सञ्चारमन्त्री विक्रम तिमल्सिनाले पक्राउ परेका सबै पत्रकार रिहा भइसकेको बताएका छन्। शुक्रबार साँझ फेसबुकमार्फत मन्त्री तिमिल्सिनाले
जानकारी दिँदै पक्राउ परेका सबै पत्रकार रिहा भएको उल्लेख गरेका हुन्।
सञ्चारमन्त्रीले सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको बताउँदै पत्रकार प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रका आधारस्तम्भ रहेको बताएका छन्।
उनले भनेका छन्, ‘सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध छ। प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रका आधारस्तम्भ हुन्।’











प्रतिक्रिया