नेपाल एक जित टाढा



काठमाडौं ।

आईसीसी टी–२० विश्वकप छनोट ए को सेमिफाइनलको यात्रा सुरक्षित गरेसँगै नेपालले अस्ट्रेलियामा हुने विश्वकप खेल्न एक जितले टाढा भएको छ । समूह चरणको खेलको अन्तिम खेलमा नेपालले क्यानडालाई ८ विकेटले हराएको हो । योसँगै नेपाल समूह ‘बी’ मा शीर्ष स्थान हासिल गर्दै अन्तिम चारको यात्रा तय गर्यो । उक्त समूहबाट ओमान पनि अन्तिम चारमा पुगेको छ ।

नेपालले सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता टिम यूएईसँग प्रतिस्पर्धा गर्नेछ । यस्तै, अर्को खेलमा समूह ‘ए’ को विजेता टिम आयरल्यान्डको सामना ओमानसँग हुनेछ । यदि नेपालले यूएईलाई हराएमा फाइनल पुग्दै अस्ट्रेलियामा हुने आगामी टी–२० विश्वकपमा स्थान बनाउनेछ । सेमिफाइनल खेलहरू मंगलबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्