आर्मी क्वार्टरफाइनलमा



काठमाडौं ।

विभागीय टोली नेपाल आर्मी लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताको पुरुषमा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । एक खेल जित्दै आर्मी क्वार्टरफाइनलमा पुग्न सफल भएको हो ।

समूह ‘बी’ को लिग खेलमा आर्मीले शंकरदेव क्याम्पसलाई ११३–५६ ले पराजित गर्यो । आर्मीका सौरव श्रेष्ठ र शंकरदेवका राजेश ठकुरीले समान १८ अंक जोडे । आर्मीको जितसंगै यो समूहमा रहेको अर्को टोली ड्रिम टिम पनि क्वार्टरफाइनल पुगेको छ । ३ टिम रहेको समूह ‘बी’ मा यसअघि ड्रिमले शंकरदेवलाई हराएको थियो । आर्मी र शंकरदेवबीचको खेलले समूह विजेताको टुंगो लगाउने छ । शुरूआतमा २७–१० को अग्रता लिएको आर्मी दोश्रोमा २६–६ ले अगाडि रह्यो । आर्मीले अग्रतालाई कायम राख्दै तेश्रो र चौथोमा समान ३०–२० अंक जोड्यो ।
नेपाल बास्केटबल संघको आयोजनामा भइरहेको प्रतियोगिताको महिला राउन्ड रोविन लिगमा ललितपुर हाइले कीर्तिपुरमाथि ९३–२८ को सहज जित निकाल्यो । ललितपुरकी एलिना गुरुङले १५ तथा कीर्तिपुरकी झरना वज्राचार्यले १८ स्कोर गरे । ललितपुरले चारै क्वार्टरमा क्रमशः ३०–९, १८–९, २१–६ र २४–४ अंक जोड्दै सहज जित निकाल्यो ।

प्रतिक्रिया दिनुहोस्