प्रहरीले पुरातत्व विभागलाई बुझायो चाँदीको थालसहित २३ मूर्ति 



पुष्कर बुढाथोकी, भक्तपुर ।

महानगरीय प्रहरी परिसर भक्तपुरले एउटा चाँदीको थाल सहित २३ वटा मूर्ति पुरातत्त्व विभागलाई बुझाएको छ । पुराना र पुरातात्त्विक महत्वका मूर्ति तथा सामान फेला पारी परिसरले आज पुरातत्त्व विभाग अभिलेखालयलाई बुझाएको परिसरका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो ।

प्रहरीले चार वटा काठका मूर्ति, १२ वटा ढुंगाको मूर्ति, एउटा माटोको मूर्ति, चार वटा ढलोटको मूर्ति, एउटा फलामको मूर्ति र एउटा क्रिष्टलको मूर्ति हस्तान्तरण गरेको हो। त्यो सँगै एउटा चाँदीको थालसमेत रहेको परिसरले जनाएको छ ।

पाण्डेका अनुसार प्रहरीले ती सामान भक्तपुरका विभिन्न स्थानबाट फेला पारेको थियो। परिसरका प्रमुख शिव श्रेष्ठले पुरातत्त्व विभाग अभिलेखालय भवन रामशाह पथ काठमाडौंबाट खटिएकी संरक्षण अधिकृत सविता न्यौपानेलाई मूर्ति तथा सामान हस्तान्तरण गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्