केपी ओली र पाकिस्तानी राजदूतबीच भेटवार्ता



न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि पाकिस्तानी राजदूत सयेद हैदर साहबीच भेटवार्ता भएको छ ।

बालकोटस्थित ओली निवासमा आज उनीहरूबीच भेटवार्ता भएको हो । भेटवार्तामा नेपाल र पाकिस्तानबीचको सम्बन्धका बारेमा छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।

भेटमा ओलीको प्रधानमन्त्रीकालमा पाकिस्तान र नेपालको सम्बन्धदेखि सार्कलाई थप उचाइमा पुर्‍याउन सफल भएको बारेमा छलफल भएको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्