बैंकिङ मुद्दाका फरार प्रतिवादी पक्राउ



न्युज अफ नेपाल, लमजुङ ।

जिल्ला प्रहरी कार्यालय लमजुङले बैंकिङ कसुर मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय लमजुङले बेसीसहर नगरपालिका(३ गाउँसहरका वर्ष ६० वर्षीय गणेशबहादुर गोतामेलाई पक्राउ गरेको हो ।

काठमाडौंमा लुकीछिपी बस्दै आएको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङको विशेष टोलीले खोजतलास गर्दा माघ २८ गते गोतामेलाई काठमाडौंको तार्केश्वर नगरपालिका-९ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

२०७८ वैशाख १२ गते निज गणेश गोतामेविरुद्धमा उच्च अदालत पाटनबाट मुद्दा फैसला भएको थियो । उनलाई पाँच लाख जरिवानासहित दुई दिन कैद फैसला भएको थियो । उक्त कैद तथा जरिवाना असुल गर्नका लागि लमजुङ प्रहरीले गोतामेलाई आइतबार जिल्ला अदालतमा पेस गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्