सत्यमोहन जोशीको स्वास्थ्यवस्था सुधारोन्मुख



न्युज अफ नेपाल, काठमाडौं ।

संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्यमा क्रमिक सुधार देखिएको छ । स्वास्थ्यमा समस्या आएपछि माघ २५ गते किस्ट मेडिकल कलेजमा भर्ना भएका जोशीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको अस्पतालले जनाएको छ ।

विगत २४ घण्टादेखि अक्सिजनको आवश्यकता पनि घटेको र पिसाबमा देखिएको संक्रमणको उपचार भइरहेको अस्पतालले जनाएको छ । जोशीलाई निमोनिया संक्रमण र मुटुमा समस्या भएको अस्पतालले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्