अनलाइनबाट अपोइन्टमेन्ट लिने सेवा शुरू



काठमाडौं (नेस) ।

नेपालमा अनलाइनमार्फत अपोइन्टमेन्ट सेवा दिँदै आइरहेको कोजेन्ट हेल्थले विभिन्न अस्पतालमा अनलाइन अपोइन्टमेन्ट सेवाको सुरूआत गरेको छ । कोजेन्ट हेल्थले ईसेवासँगको सहकार्यमा एभरेस्ट हस्पिटल नयाँबानेश्वर, इशान बाल तथा महिला अस्पताल बसुन्धरा काठमाडौं, मेडिप्लस हस्पिटल तथा ट्रमा सेन्टर पोखरा तथा राप्ती लाइफ केयर हस्पिटल तुल्सिपुरमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरूआत गरेको हो ।

ती अस्पतालहरू ई–अपोइन्टमेन्ट प्लेटफर्ममा आवद्ध भएसँगै अनलाइन अपोइन्टमेन्ट सेवा लिन सकिने छ । अबदेखि ती अस्पतालहरूमा उपचार गर्न तथा डाक्टरसँगको परामर्शका लागि ईसेवाको मोबाइल एप्लिकेसनमार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिनेछ ।

अनलाइन अपोइन्टमेन्ट सेवाले अस्पतालको ओपीडी सेवाहरू चुस्त बनाउने र बिरामीहरूको सन्तुष्टि बढाउने अपेक्षा गरिएको छ । बिरामीले घरबाटै अपोइन्टमेन्ट लिने र भुक्तानी गर्न सकिने हुँदा अस्पतालमा लाइन बस्नुपर्ने झन्झटबाट मुक्ति पाउनुका साथै समयको समेत बचत हुनेछ ।

अहिलेको कोभिड १९ को महामारीका बेला यो सेवाले अझ धेरै सहजता ल्याउनेछ । कोजेन्ट हेल्थ र ईसेवाले अस्पतालहरूमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरू गरेसँगै यस प्लेटफर्ममा आबद्ध हुने अस्पतालको संख्या बढ्दो छ ।

प्रतिक्रिया दिनुहोस्