दरबारमार्गमा चेन सैलुन हेयर एन्ड शान्ति युनिसेक्सको नयाँ शाखा उद्घाटन



न्युज अफ नेपाल, काठमाडौ ।

अन्तर्राष्ट्रिय चेन सैलुन हेयर एन्ड शान्ति युनिसेक्स सैलुनको २७ औँ शाखा काठमाडौंको दरबारमल सुरु भएको छ ।

सैलुनको नेपाल उद्योग वाणिज्य संघको पूर्व अध्यक्ष भवानी राणा र कलाकार किरण केसी राता मकैले उद्घाटन गरेका छन् । नेपालको १० औँ शाखा रहेको युनिसेक्स सलुनमा हेयर कट, हेयर कलर, नेल आर्ट, आइलेसिस एक्सटेन्सन, मेक अप, मेनिकेयर,पेडिकेयर लगायतको सेवा उपलब्ध भएको सञ्चालक सुरु थापाले बताइन् ।

सैलुनको नयाँ शाखा १४ सय बर्गफिट फराकिलो रहेको छ । आरामदायी सेवा दिने उद्देश्यले अत्याधुनिक प्रबिधि सुरु गरिएको सैलुनमा मेनिकेयर, पेडिकेयर, हेयर वास मसाज चियरमा गरिने थापाले बताइन् ।

व्यवसायीहरू सुरु थापा, दुर्गा प्रसाद सुबेदी, रोशन श्रेष्ठ, अनुजा श्रेष्ठले दुई करोड लगानीमा सैलुन सुरु गरेका हुन् । ग्राहकको छाला र कपालको संबेदनसिलतामा ख्याल गर्दै बिश्व बिख्यात सौर्न्दर्य प्रसाधनको प्रयोग गरिने सञ्चालकको दाबी छ । २२ वर्ष अगाडी चितवनकी शान्ति श्रेष्ठले भारतमा हेयर एन्ड शान्ति युनिसेक्स सैलुनको सुरुवात गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्