रुद्रवर्ण महाविहारको अध्यक्षमा काजीरत्न



न्युज अफ नेपाल, ललितपुर ।

रुद्रवर्ण महाविहार संरक्षण समिति ओकुबहालको २१ औं वार्षिक सभाले काजीरत्न शाक्यको अध्यक्षतामा ११ सदस्यीय नया कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा जगतरत्न शाक्य, सचिवमा शान्तराज शाक्य, कोषाध्यक्षमा जितेन्द्र शाक्य, सहसचिवमा सुमन शाक्य र सह कोषाध्यक्षमा किरण शाक्य रहनुभएको छ ।

त्यस्तै कार्यकारिणी सदस्यहरु किशोर शाक्य, राजु शाक्य, अमिरराज शाक्य, प्रवीन शाक्य र प्रथमनरसिह शाक्य हुनुहुन्छ । समितिको कार्यकाल ५ वर्ष रहनेछ ।

प्रतिक्रिया दिनुहोस्