नाडाल ३५ वर्षको उमेरमा पनि तन्दुरुस्त



लन्डन, (एजेन्सी) ।

भनिन्छ व्यायाम शरीरको लागि राजा हो डाइट शरीरको रानी । जब दुवै साथ मिल्यो भने खेलाडीको करियर लामो चल्छ । यति मात्रै होइन राजा र रानी मिलेमा खेलाडीलाई सफलता पनि मिल्छ । व्यायाम र डाइटको सन्तुलन बनाएकोले ३५ वर्षको उमेरमा पनि राफायल नाडाल तन्दुरुस्त देखिएका छन् ।

स्पेनका टेनिस स्टार नाडालको डाइटमा सीफूड सामेल छ । उम्लिएको माछा र झिंगाको पकौडा उनको मनपर्ने खाना हो । सीफूडको सबैभन्दा ठूलो गुण हुन्छ कि यसले शरीरलाई पुरा प्रोटीन दिन्छ, मांशपेशीलाई तन्दुरुस्त बनाउन मद्दत गर्छ । उनको खानामा बदाम, काजु, केरा, स्याउ र उम्लिएको दाल पनि सामेल छन् । त्यसैले ३५ वर्षमा पनि नाडाल म्याराथ खेल खेल्न सक्छन् ।

नाडाल जिममा र टेनिस कोर्टमा घण्टौ समय व्यतित गर्छन् । लामो करियरमा कतिपटक घाइते भए पनि यदि उनले उपाधि जित्छन् भने संतुलित भोजन र फिटनेस नै सहायक बनेका छन् । उनको एउटा सिद्धान्त छ कि यदि फिटनेस छ भने मात्रै मुख्य प्रतियोगितामा भाग लिनु हो । यदि फिटनेस छैन भने खेल्नुको औचित्य नभएको उनको भनाइ रहेको छ । त्यसैले उनले गत वर्ष विम्बल्डन र टोक्यो ओपन २०२० बाट नाम फिर्ता लिएका थिए ।

यसैकारण गएको आइतबार नाडालले अस्ट्रेलियन ओपनमा सावित पनि गरे । उनले रुसका डेनिएल मेदभेदेभविरुद्ध पहिलो दुई सेट गुमाएर पनि उपाधि जिते । उनले ४ घण्टा ५१ मिनेटसम्म चलेको उक्त फाइनल खेलमा मेदभेदेभलाई २–६, ६–७, ६–४, ६–४, ७–५ ले आफ्नो नाममा नतिजा धल्काएका थिए । यसले के सावित गर्छ भने नाडाल म्याराथन खेलका राजा पनि हुन् । यदि उनलाई हराउने हो भने पहिलो तीन सेट लगालग जित्नुपर्छ, उनलाई खेलमा फर्कन दिनु भनेको हार स्विकार गर्नु हो ।

नाडालले खेलमा कमब्याक गरेपछि उनलाई रोक्न मुस्किल हुन्छ । उनमा बलियो फिटनेस छ । उनी लामो समयसम्म कोर्टमा टिक्न सक्छन् । नयाँ आएका खेलाडीमा त्यो धैर्य र फिटनेस पनि छैन । अस्ट्रेलियन ओपन फाइनलमा मेदभेदेभसँग फिटनेस र धैय देखिएन । नयाँ खेलाडी जति पनि खेले पनि बिग थ्री खेलाडीसँग जित्ने आँट गर्न सक्दैनन् । उनीहरू पछि परेको अवस्थामा नर्भस हुने मात्र जान्दछन् ।

नाडालको फिटनेस र धैर्य जस्तै सर्बियाका स्टार खेलाडी जोकोभिच र स्विट्जरल्यान्डका स्टार खेलाडी रोजर फेडेररसँग पनि त्यस्तै जोश छ । जोकोभिचविरुद्ध गत वर्ष फ्रेन्च ओपन फाइनलमा ग्रीसका उदीयमान खेलाडी स्टेफानोस सिटसिपासले पहिलो दुई सेट जितेका थिए । तर, बाँकी तीन सेट जितेर कमब्याक गर्दै जोकोभिचले गतसंस्करणको फ्रेन्च ओपन जिते । त्यसैले यी बिग थ्री लाई हराउनु छ भने पहिलो तीन सेटमा एकसय प्रतिशत प्रदर्शन देखाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्