मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा एक युवक पक्राउ


न्युज अफ नेपाल, पर्सा ।

 प्रहरीले मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका २ मा बस्ने २० वर्षीय मोहमद अलीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

बारा फेटा गाउँपालिका-३ बस्ने ३१ वर्षीय नरेश प्रसाद साहको प्रदेश २-०३-०१२ प ५८६ नम्बरको मोटरसाइकल पार्किङ गरी राखेकोमा अलीले लक तोडी भाग्दै गरेको अवस्थामा प्रहरी चौकी भिष्वाडाडाँबाट खटिएको प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको हो ।

उनीमाथि चोरी सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।