झापाबाट २९ ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ


न्युज अफ नेपाल, काठमाडौं ।

२९ ग्राम ब्राउन सुगरसहित झापाबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका वडा नं ५ बस्ने २४ वर्षीय सुनिल लिम्बुलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ २९ ग्राम प्लाष्टिक बाहेक, नगद दुई हजार र २ थान मोबाइलसहित पञ्चकन्या चौक नयाँ बस पार्कमा  खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनी झापामा राखेर उनीविरुद्ध अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।