वीरताको कथामा सिन्धुलीगढी बन्ने



१९२४ सालताका सिन्धुली जिल्लाको आडभञ्ज्याङमा भएको गोर्खाली र अंग्रेज फौजबीचको युद्धलाई आधार मानेर ऐतिहासिक फिल्म सिन्धुलीगढी बन्ने भएको छ। गोर्खाली फौजले अंग्रेज फौजलाई पराजित गरेको युद्धमा आधारित फिल्म विश्वदीप (विश्वमणि) घिमिरले निर्देशन गर्नेछन्। निर्देशक घिमिरेकै पटकथा तथा संवाद रहेको फिल्म सास इन्टरटेन्मेन्ट सिनेमा प्रालिको ब्यानरमा सास अधिकारीले निर्माण गर्नेछन्।

निर्देशक घिमिरेले लामो समयदेखिको खोज, अध्ययन र अनुसन्धानपछि फिल्मका लागि पटकथा र संवाद तयार पारेको दाबी गरेका छन्। उनले नेपालको सार्वभौमिकताको रक्षामा कोसेढुंगा सावित भएको उक्त वीरतापूर्ण युद्धको कथालाई सिन्धुलीगढी फिल्ममार्फत वाचन गरी संसारलाई सुनाउने उद्देश्यले फिल्म निर्माण गर्न लागेको बताए।

निर्माता अधिकारीका अनुसार फिल्मका लागि दक्षिण भारतका निर्देशक एसएस राजामौलीले प्राविधिक सहयोग गर्ने छन्। सिन्धुली, काभ्रे र काठमाडौंमा छायांकन हुने फिल्मको पोस्ट प्रोडक्सन भारतको मुम्बईमा हुने जनाइएको छ। फिल्म हिन्दी र अंग्रेजी भाषामा समेत स्वराङ्कन गरिने जनाइएको छ भने फिल्मका लागि अडिसनबाट कलाकार छनोट गरिनेछ।

कोरोना महामारीको अवस्था हेरेर फागुनको दोस्रो साताबाट छायांकन शुरु गरिने निर्माण टोलीका जापान संयोजक शुक्रराज राईले बताए। फिल्म हालसम्मकै उच्च लगानीमा बन्ने दाबी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्