कास्की, (नेस)।
बैदाम तामा तामाङ सेवा समाजको आयोजनामा सम्पन्न छैठौं मिस तामाङको उपाधि पोखरा रानीपौवाकी मान्सी तामाङले चुमेकी छन्। उनले पोखरामा सम्पन्न ग्रान्ड फिनालेमा ९ प्रतियोगीलाई पछाडि पार्दै बेस्ट स्माइल टाइटलसहित मुख्य उपाधि चुम्दै १ लाख रुपियाँ पुरस्कार प्राप्त गरेकी छिन्।
प्रतियोगितामा मिस अर्गनाइज्डको टाइटलसहित आशिका तामाङ फस्ट रनर्सअप भइन्। उनले ५० हजार रुपियाँ नगद पुरस्कार प्राप्त गरिन्। यस्तै, पूजा तामाङले सेकेन्ड रनर्सअप भई ३० हजार रुपियाँ पुरस्कार प्राप्त गरेकी छन्। मिस ट्यालेन्टसहित भ्युअर्स च्वाइस उपाधि जितेकी पेमा तामाङले २० हजार रुपियाँ पुरस्कार प्राप्त गरेकी छन्।
यसै गरी, कृष्टि तामाङ मिस कन्फिडेन्ड, ऋतिका तामाङ बेस्ट हेयर, जिया तामाङ मिस ग्रेसफुल, रेखा तामाङ मिस फोटोजेनिक, पूजा तामाङ मिस पपुलर, मनीषा तामाङ बेस्ट वाक र सिर्जना तामाङ मिस फ्रेन्डली भएका छन्।
प्रतियोगितामा प्रमुख निर्णायक जेसीआई वर्ल्डका पूर्वउपाध्यक्ष राजु केसीले अन्तिम ५ प्रतिस्पर्धीलाई ‘जलवायु परिवर्तनले आदिवासी जनजातिलाई परेको प्रभाव’ का बारेमा लिखित जवाफ सोधेका थिए। जसमा मान्सीको जवाफले निर्णायकको मन जितेको हो। प्रतियोगिताको अन्य निर्णायकमा मिस तामाङ वर्ल्ड–२०२१ स्याङ्डोमा ब्लोन तामाङ र जोन्टा क्लबका उपाध्यक्ष मोनिका थापा थिए। प्रतियोगिता कोरोना प्रभावका कारण भर्चुअल रूपमा सम्पन्न भएको हो।











प्रतिक्रिया