बाह्रखरी गल्फ धरानमा हुने



काठमाडौं, (नेस) ।

एनसेल बाह्रखरी कर्पोरेट गल्फ प्रतियोगिता आगामी फागुन १३ र १४ गते दुई दिन धरानमा हुने भएको छ । आइतबार धरानस्थिति गल्फ कोर्समा आयोजित पत्रकार सम्मेलनमा यसबारे आयोजक बाह्रखरी मिडियाले जनायो । पत्रकार सम्मेलनमा मोरङ उद्योग संगठनका अध्यक्ष सुयश प्याकुरेलले धरानमा आएर बाह्रखरीले गल्फ आयोजना गर्नु नै गौरवको कुरा भएको बताए ।

गोकर्ण गल्फ क्लबका प्रबन्धक दीपक आचार्यले धेरै खेलाडीलाई यसअघि सहभागि गराउन नसक्दा दुई दिन आयोजना गरिएको बताए । उनले ९ होलको कोर्स भएकाले एउटा सेसनमा ५४ भन्दा बढी खेलाडीलाई सहभागि गराउन समस्या हुने हुँदा दुई दिन प्रतियोगिता आयोजना गर्नुपरेको बताए ।

विभिन्न विधामा पुरस्कार प्रदान गरिनेछ । ६० वर्षमाथिका विजयी खेलाडीलाई पनि पुरस्कारको व्यवस्था रहेको छ । त्यसैगरी, धरान गल्फ क्लबका अध्यक्ष वीरेन्द्र विक्रम लिम्बूले बाह्रखरीले यस्तो राम्रो कार्यक्रम आयोजना गरेर यस क्षेत्रकै गरिमा बढाइदिने काम गरेको भन्दै धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्