गुडीरहेको बोलेरोलाई ढुंगाले किच्दा ३ जनाको मृत्यु, ३ जना घाइते


ओखलढुंगा ।

ओखलढुंगामा गुँडिरेहेको बोलेरोमा ढुंगा खस्दा ३ जनाको मृत्यु भएको छ । जिल्लाको सिद्धिचरण नगरपालिका ३ नारायणस्थानस्थित डोजरले पहाड सम्याउँदा खसेको ढुंगाले को १ज ३५६९ नम्बरको बोलेरोलाई किचेको हो ।

मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका १ का युषक कोइराला, युनिषा कोइराला र मानेभञ्ज्याङ गाउँपालिका १ का हेमबहादुर मगर रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर अन्य थप ३ जना घाइते भएका छन् ।

घाइते दुईजनालाई उपचारका लागी काठमाडौं पठाइएको र एकजनाको ओखलढुंगामा नै उपचार भइरहेको बताइएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।