खोपमा पक्षपातरहित पहुँच बढाउनुपर्नेमा नेपालको जोड


काठमाडौँ ।

नेपालले कोभिड–१९ को विश्वव्यापी महामारीबाट उत्थानशील पुनर्लाभ पाउन खोपमा पक्षपातरहित पहुँच बढाउनुपर्नेमा जोड दिएको छ ।
‘संयुक्त राष्ट्रसङ्का महासचिवका सन् २०२२ का प्राथमिकताहरू’ विषयमा राष्ट्रसङ्घीय महासभाको शुक्रबारको अनौपचारिक बैठकमा नेपालले महामारी पूर्वको अवस्थामा विश्वलाई फर्काउन खोपमा न्यायपूर्ण पहुँच सुनिश्चित गर्न अपरिहार्य भएको बताएको हो ।

बैठकमा संयृुक्त राष्ट्रसङ्का लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राईले विश्वव्यापी महामारीबाट उत्थानशील पुनर्लाभका लागि खोप महत्वपूर्ण रहेको उल्लेख गर्दै संसार धनमा गरिब नभएर नैतिक शक्ति बाँडफाँटको न्यायमा गरिब रहेको बताए ।

सामाजिक सञ्जालमा राजदूत राईले लेखेको छ, विश्वव्यापी महामारीबाट उत्थानशील पुनर्लाभ हासिल गर्न खोपमा न्यायपूर्ण पहुँच महत्वपूर्ण छ, संसार धनमा गरिब छैन तर नैतिक बल बाँडफाँटको न्यायमा गरिब छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।