कोरोनाबाट १६ को मृत्यु, १० हजार २५४ जनामा संक्रमण पुष्टि


न्युज अफ नेपाल, कामाडौं ।

पछिल्लो २४ घण्टामा थप १० हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालमा गरिएको १४ हजार ४६२ पिसिआर परिक्षणमा ८ हजार २१२ जना र ५ हजार ७२५ एन्टीजेन परिक्षण गर्दा २ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १० लाख १६ हजार ८४५ पुगेको छ । आज कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ ।

हालसम्म नेपालमा ११ हजार ६ सय ५१ जनाको कोरोना संक्रमितको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ । त्यस्तै थप ७०८ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा ७२ हजार ८६२ सक्रिय संक्रमित आइशोलसनमा र १४९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।