सिन्धुलीमा ट्याक्टर पल्टिदा एक जनाको मृत्यु



बुद्ध नेपाली, सिन्धुल ।

मदन भण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा ट्याक्टर पल्टिएर दुर्घटना हुदाँ एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

हरिहरपुरगढी गाउँपालिका ४ बाह्रबिषेमा गए राती (शुक्रवार राती) साढे ९ बजेको समयमा बालुवा लोड भएको ना ५ त ५०६३ नम्बरको ट्याक्टर पल्टिदा हरिहपुरगढी गाउँपालिका ३ का ३५ बर्षिया काजीमान जिम्बाको मृत्यु भएको हो ।

मदन भण्डारी राजमार्गमा हिडीरहेका पैदल यात्रीलाई ठक्कर दिएर आफै अनियन्त्रित भएको ट्याक्टर सडकबाट १५ फिट तल खसी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

ट्याक्टरको ठक्करबाट काभ्रेपलान्चोक जिल्लाको पाचखालका श्याम गौतम घाईते भएका सिन्धुलीका प्रहरी उपरिक्षक गोविन्द थपलियाले जानकारी दिनुभयो ।

उहाँका अनुसार घाईते गौतमको स्वास्थ्य अवस्था मध्यम रहेको र स्थानिय स्वास्थ्या चौकीमा उपचार भईरहेको छ । प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्