लोक सेवाका लिखित परीक्षा स्थगित


न्युज अफ नेपाल,काठमाडौं ।

लोकसेवा आयोगले माघ ११ देखि माघ मसान्तसम्मका लागि तय गरिएको सम्पूर्ण परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । आयोगको विहीबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

बढ्दो कोरोना भाइरस संक्रमणका कारण सो निर्णय गरेको आयोगका प्रवक्ता तोयानारायण सुवेदीले जानकारी दिए । आयोगले माघ महिनामा उपसचिव प्राविधिक, स्वास्थ्य नवौ तह, संगठित संस्था नेपाल प्रहरी, नेपाली सेना र नेपाल विद्युत प्राधिकरणका लिखित परीक्षा तय गरेको थियो ।

माघ मसान्त सम्मका लागि सम्पूर्ण लिखित परीक्षा स्थगित गर्ने निर्णय गरिएपनि अन्तर्वार्ता र नियमित काम भने सञ्चालन हुने प्रवक्ता सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।