काेराेना संक्रमित एक वृद्धको मृत्यु



खुशीमाया गुरुङ, लमजुङ । 

लमजुङमा कोरोना भाइरस (कोभिड–१९) संक्रमित एक वृद्धको मृत्यु भएको छ । मर्स्याङ्दी गाउँपालिका–६ का ८७ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला अस्पताल लमजुङले जनाएको हो ।

कहिदिन अघिदेखि रुघाखोकी सँगै ज्वरोको समस्या देखिन थालेपछि पुस २४ गते पोखरा लगिएको थियो । पोखरास्थित मणिपाल अस्पतालमा पीसीआर परीक्षण गर्दा वृद्धमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

सङ्क्रमण पुष्टि भए पनि सोही दिन नै गृह जिल्ला फर्केर जिल्ला अस्पताल लमजुङको आइसोलेसनमा बसेका वृद्धको मंगबार बेलुका  ९ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्