आज सुन मूल्य प्रतितोला १००ले वृद्धि



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १०० ले वृद्धि भएकाे छ  । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९२ हजार सात सय रुपैयाँ कायम भएको छ ।

यसअघि मंगलबार छापावाल सुन तोलाको ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुनको मूल्य तोलाको ९२ हजार दुई सय रुपैयाँ निर्धारण भएको छ ।चाँदीको भाउ प्रतितोला एक हजार ८५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला एक हजार ५५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्