प्रधानमन्त्री देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्ने


न्युज अफ नेपाल काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रको नाममा सम्बोधन गर्ने तयारी गरेका छन् । सरकार गठनको ६ महिना पुगेको अवसरमा उनले राष्ट्रको नाममा सम्बोधन गर्ने तयारी गरेका हुन् ।

गत २९ असारमा प्रधानमन्त्री भएका देउवाले कोरोनाभाइरस संक्रमणको तेस्रो लहर सुरु भएका अवस्थामा राष्ट्रको नाममा सम्बोधन गर्न लागेका हुन् ।

सम्बोधनको दिन र समय निर्धारण भइसकेको छैन । ‘प्रधानमन्त्रीज्यूले राष्ट्रको नाममा सम्बोधन गर्ने तयारी गर्नुभएको छ’, प्रधानमन्त्रीको सचिवालयका सहयोगी विजयी अधिकारीले बताए । उनका अनुसार राष्ट्रको नाममा सम्बोधन गर्ने मिति र समय निर्धारण भइसकेको छैन ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।