प्रेस चौतारी कपिलवस्तुको अध्यक्षमा जानु पाण्डे



न्युज अफ नेपाल, काठमाडौं ।

प्रेस चौतारी नेपालको कपिलवस्तुको अध्यक्षमा जानु पाण्डे चयन भएका छन् । प्रेस चौतारी नेपाल कपिलवस्तुको सातौं अधिवेशनबाट नयाँ नेतृत्वमा आउनेमा उपाध्यक्षमा बाबुराम रायमाझी, उपाध्यक्ष महिलामा गीता पौडेल, सचिवमा संजिव गहतराज, सहसचिव खुलामा कुलराज भुसाल, सहसचिव समावेशीमा बाशुदेव बर्मा, कोषाध्यक्षमा गीता अर्याल रहेका छन् ।

त्यस्तै सदस्यहरुमा अजय मिश्र, पशुपति गिरी, रामबहादुर गन्दर्भ, सरिता थारू, शेरिफ केसी, धनिराम कोरी, प्रभुनाथ गुप्ता, सोनकुमारि गुप्ता, रामु पौडेल, रामअवतार चौधरी, संगिता भुसाल, घनश्याम भर, प्रताप ज्ञवाली, सूर्य चुदाली रहेका छन्।

 

प्रतिक्रिया दिनुहोस्