भ्रष्टाचारको अभियोगमा वडा अध्यक्ष र सदस्यविरुद्ध मुद्दा दर्ता



न्युज अफ नेपाल, काठमाडौ  । 

स्याङ्जा जिल्ला भिरकोट नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष भिमबहादुर गुरुङ र वडा सदस्य कुलबहादुर गुरुङलाई सेवाग्राहीसँग घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, काठमाडौँले भ्रष्टाचार सम्बन्धी आरोप पत्र दायर गरेको छ ।

प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार वडा अध्यक्ष  भिमबहादुर गुरुङ र वडा सदस्य कुलबहादुर गुरुङले सेवाग्राहीसँग नागरिकता बनाई दिन्छु भन्दै १ लाख ३५ हजार घुस लिएको आरोप छ । आर्थिक प्रलोभनका आधारमा नागरिकता बनाउन झुट्टा विवरण पेस गरी दोहोरा नागरिकता बनाएको अभियोग पत्रमा उल्लेख गरिएको छ ।

स्याङ्जा भिरकोट नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष र वडा सदस्य गुरुङलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) बमोजिमको कसुरमा विगो १ लाख ३५ हजार रुपैयाँ कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (३) बमोजिम सजाय हुन र घुस बापतको १ लाख ३५ हजार सेवाग्राहीलाई नै फिर्ता दिलाई पाउन विशेष अदालतमा आरोप पत्र दायर गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्