नाेबेल मेडिकल कलेजका सञ्चालककाे पुत्ला दहन



न्युज अफ नेपाल, विराटनगर।

विराटनगर नोबेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्माको पुत्ला दहन गरेका छन् । कलेजले चर्को शुल्क लिएपछि एमबीबीएसको अतिरिक्त शुल्क घटाउन माग गर्दै विद्यार्थीले पुत्ला दहन गरेका हुन् ।

विद्यार्थीको माग सम्बोधन गर्न चासो नदिएपछि पुत्लालाई चितामा राखेर दहन गरेको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य अभिमन्यु यादवले बताए ।

एमबीबीएस पढ्ने विद्यार्थीसँग अतिरिक्त शुल्क कलेजले मागेको विरोधमा विद्यार्थी संगठन र एमबीबीएस अध्ययनरत विद्यार्थीले यसअघि विराटनगरमा राजमार्ग अवरोध गरेका थिए । साथै विद्यार्थीहरूले निरन्तर प्रदर्शन गरिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्