दूध उत्पादन बढाउन गाईको टाउकोमा हेडसेट



अंकारा ।

टर्कीमा एउटा गाई फार्मका मालिकले गाईको टाउकोमा हेडसेट राख्दा तुलनात्मक रूपमा बढी दूध दिएको बताएका छन् । भर्चुअल रियालिटी हेडसेट राख्दा गाई घाम लागेको बाहिरी मैदानमा रहेको भ्रममा परेको मालिकले बताएका छन् ।

मानिसमा प्रयोग हुँदै आएको भीर सेटलाई सफ्टवेयरको रूपमा विकसित गरेर गाईको टाउकोमा फिट गर्न मिलाइएको छ । फिट  गरिसकेपछि विज्ञहरूले रंगिन प्यालेटलाई सफ्टवेयरमा परिणत गरेका थिए, ताकी भीर हेडसेट गाईको आँखामा उपर्युक्त होस ।

हेडसेट राखेपछि गाईले दैनिक २२ लिटरबाट २७ लिटर दूध दिन थालेको अक्सारेका फार्म मालिक इजेट कोसाकले दाबी गरेका छन् । कोसाकका अनुसार वातावरणीय अवस्थाले गाईको स्वास्थ्य र दूध उत्पादनमा प्रभाव पार्छ ।

भीर ग्लासमार्फमत कोसाकले गाईलाई ठूलो घाँसे मैदान वरपर हिँडडुल गराउनुको अतिरिक्त रमाइला संगीत सुनाइदिएका थिए । रसियाको एउटा कम्पनीले भीर हेडसेटले विकास गरेको हो ।

पशु चिकित्सकहरूको सहकार्यमा गाईको सुरक्षा सुनिश्चितता गर्न भीर हेडसेट पहिलो पटक मस्कोमा परीक्षण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्