जेभियरलाई भ्याली पब्लिक कप



काठमाडौं ।

जेभियर इन्टरनेसनल कलेजले प्रथम भ्याली पब्लिक अन्तरकलेज (प्लस टु) ब्वाइज बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेको छ । जेभियरले फाइनलमा आयोजक भ्याली पब्लिकलाई ५५–३७ ले पराजित गर्यो । जेभियरका सम्राट भूमिले १६ अंक जोडे । प्रतियोगितामा जेभियरका सम्पन्न गुरुङ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

कपनको भंगालस्थित आयोजक भ्याली पब्लिकको कोर्टमा भएको प्रतियोगितामा साइपाल एकेडेमी तेश्रो भयो । साइपालले ट्रिनिटी इन्टरनेसनल कलेजलाई ४८–३१ ले हरायो । साइपालका साहिल तामाङले १७ स्कोर गरे । पुस २१ गतेदेखि शुरू भएको प्रतियोगितामा ८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्