हिमालयन बैंकद्वारा संकटालाई १० लाख प्रदान



काठमाडौं ।

हिमालयन बैंक लिमिटेडले जारी शहिद स्मारक ए डिभिजन लिगमा सहभागी हुन टेबहालस्थित संकटा क्लबलाई नगद १० लाख प्रायोजन गरेको छ । हिमालयन बैंकले सो रकम खेलाडीहरूको खेल तयारी तथा खेलमा आवश्यक पर्ने सर–सामान खरिद गर्न उक्त क्लबलाई मद्दतस्वरूप प्रदान गरेको हो । बैंकले विगतदेखि नै देशमा विभिन्न खेलकुद तथा खेलाडीहरूको विकास र प्रवद्र्धनमा योगदान प्रदान गर्दै आएको छ ।

बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री अशोक शम्शेर राणाले सो रकम संकटाका महासचिब रमेशध्वज बस्नेतलाई हस्तानतरण गर्नुभएको हो । उक्त समारोहमा महाप्रबन्धक अनुप मास्केलगायत अन्य वरिष्ठ पदाधिकारीहरूसहित संकटाका अध्यक्ष इन्द्रमान तुलाधरलगायत प्रतिनिधिको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्