पीएसजी हारबाट जोगियो



Football.

पेरिस, (एजेन्सी) ।

फ्रेन्च लिग वान फुटबलमा पीएसजी सिजनको २०औं साताको खेलमा हारबाट जोगिएको छ । आइतबार राति भएको खेलमा पीएसजी लियोनसँग १–१ गोलको बराबरी खेल्दै हारबाट बचेको हो । टोलीका दुई प्रमुख खेलाडी नेयमार र लिओनल मेसीबिनै अवे मैदानमा उत्रिएको पीएसजीले एक गोलले पछि परेको स्थितिमा खेलको अन्त्यतिर गोल फर्काएर हार पन्छाएको थियो ।

घरेलु टोली लियोनले खेलको सातौं मिनेटमै गोल गरेर खेलमा अग्रता लिएको थियो । सो गोल ब्राजिलियन फरवार्ड लुकास पाक्वेटाले गरेका थिए । लियोन सोही अग्रता लिएर जिततर्फ अघि बढेको थियो । लियोनले खेलको ७५औं मिनेटसम्म अग्रता बचायो । तर, ७६औं मिनेटमा पीएसजीका लागि थिलो केहर्रले गोल गरेर खेल १–१ बनाए ।

त्यसपछि, पीएसजीले अर्को गोल गर्न सकेन र खेल १–१ गोलको बराबरीमा सकियो । अब यो बराबरीसँगै पीएसजीले २० खेलबाट कुल ४७ अंक जोडेको छ । पीएसजीले पछिल्ला ५ खेलमा मात्रै एक खेल जितेको छ भने चार खेल बराबरी गरेको छ । उता, लियोनको १९ खेलपछि २५ अंक भएको छ ।

प्रतिक्रिया दिनुहोस्