केशरमहलमा शिक्षामन्त्री पौडेलको निरीक्षण



काठमाडाै‌ं  । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षा मन्त्रालयको शाखा कार्यालय केशरमहलमा निरीक्षण गर्नुभएको छ । आइतबार मन्त्री पौडेलले मन्त्रालयको केशरमहलस्थित रहेको शाखा कार्यालयमा निरीक्षण गर्नुभएको हो ।

निरीक्षणका क्रममा मन्त्री पौडेलले  ‘नो अब्जेक्सन लेटर’ लिन लाइनमा बसेका विद्यार्थीहरूलाई मन्त्रालयको शाखाबाट प्रवाह हुने सेवाको विषयमा जानकारी लिनुभएको छ ।‘मन्त्रालयको शाखामा के कस्तो काम भइरहेको छन् भनेर निरीक्षण गर्न आएका हुँ’ मन्त्री पौडेलले सेवाग्राहीसँग भन्नुभयो, ‘ तपाईँहरूलाई दिने सेवामा कुनै समस्या कि छैन ।’
मन्त्रीको प्रश्नमा सेवा ग्राहीले लामो समय लाइनमा बसेर भए पनि काम सकेर जानी गरेको बताएका थिए ।

 शाखा कार्यालयका उपसचिव हरिप्रसाद निरौलाले सेवाग्राहीको कामका लागि राति १२ बजेसम्म पनि काम गरिरहेको बताउनुभयो । ‘सेवाग्राहीको सेवाका लागि राति १२ बजेसम्म पनि काम गछौं,’ उपसचिव निरौलाले भन्नुभयो,‘रातको अन्तिम उडान नभएसम्म सुत्दैनौँ ।’ कतिपयले अन्यबाटोबाट ‘नोअब्जेक्सन’ लेटर बनाउँदा विमानस्थलबाट फर्किएको निरौलाको भनाइ छ ।

सोही क्रममा मन्त्री पौडेलले सेवाग्राहीको कामलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो ।कर्मचारी अभाव भएका कारण सेवाग्राहीलाई तत्कालै सेवा दिन नसकिएको उपसचिव निरौलाको भनाइ छ । अब्जेक्सन लेटर अनलाइन प्रणालीमा लगेपछि ११ करोडभन्दा बढी राजश्व सङ्कलन गर्न सफल भएको उपसचिव निरौलाले जानकारी दिनुभयो ।  शाखाले अनलाइनमार्फत निवेदन प्रमाणित गरी सेवा प्रदान पनि गर्दै आइरहेको छ  ।

प्रतिक्रिया दिनुहोस्