फोटोग्राफर संघ गण्डकीको दोस्रो साधारण सभा सम्पन्न  



तुलसी राम सुवेदी, पोखरा ।

गण्डकी प्रदेश भरीका फोटोग्राफी ब्यवसायीहरुको अभिभावक संस्था को रूपमा रहेको फोटोग्राफर संघ  गण्डकीले आफ्नो दोस्रो साधारण सभा सम्पन्न गरेको छ । नवलपुर स्थित नारायणी नदिका किनार रतनपुरमा फोटोग्राफी प्रतियोगिता २०७८ को पुरस्कार वितरण सहित आफ्नो दोस्रो साधारण सभा सम्पन्न गरेको हो ।

गण्डकी प्रदेशका प्रदेश सदस्य तथा विधायन समितिका संयोजक माननीय विष्णु प्रसाद लामिछानेको प्रमुख आतिथ्यमा  कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको उद्घाटन पश्चात् कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले फोटोग्राफी क्षेत्र भनेको सरकारी निकायका हरेक क्षेत्र सँग प्रत्यक्ष सम्बन्ध राख्ने क्षेत्र पनि भएको हुँदा यो व्यवसायलाई अझ कसरी मर्यादित बनाउन सकिन्छ भन्ने कुरामा सबैको ध्यान जानुपर्ने बताउँदै गण्डकी प्रदेश सरकारले यस बारे ऐन कानुन , निंतिनियमहरुको निमार्णमा यो पेसालाई पनि सम्बोधन गरिने बताउनुभयो ।

 अहिले सरकारी निकायहरूमा प्रयोग हुँदै आएका डिजिटल फोटोहरूको गुणस्तर निकै कमजोर रहेको कुरामा आफू पनि सहमत रहेको बताउँदै सभासद लामिछानेले यी सबै कुराका बारेमा फोटो व्यवसायीहरूका साथमा टेबलका बसेर छलफल गर्ने कुरामा आफ्नो साथ र सहयोग सधैँ रहने बचनबद्धता समेत व्यक्त गर्नुभयो ।

 कार्यक्रम फोटोग्राफर संघ गण्डकीले  गत भाद्र ३ गते विश्व फोटोग्राफी दिवसका दिन स्थापना गरिएको अनलाइन फोटोग्राफी प्रतियोगिता २०७८ का विजयी फोटोग्राफरहरूलाई सम्मान गरिएको थियो । अनलाइन फोटोग्राफी प्रतियोगिता २०७८ को नतिजा घोषणा संस्थाको स्थापना दिवस भाद्र २० गतेका दिन घोषणा गरिएको थियो  ।

यस फोटो प्रतियोगितामा देश भरबाट १५४ जना फोटोग्रफरहरुले सहभागिता जनाएका थिए । खुल्ला रूपमा सामाजिक संजाल अन्त्रगत फोटोग्राफर संघ  गण्डकीको पेजमा पोष्ट गरिएका प्रकृति तथा वातावरण सम्बन्धी गण्डकी प्रदेश भित्र खिचिएका तस्बिरहरू समावेश भएका थिए । पोखराकी सिर्जना भुर्तेलको तस्बिर सर्वोत्कृष्ट घोषणा भएको थियो भने अन्य काठमाडौँ विक्रम न्यौपाने, कास्कीका बिलक सुवेदी, जीवन ढुंगाना , बिष्णुहरी अधिकारी,,दिवस बराल,अर्जुन कुंवर,अनुप गुरुड. ,राहुल सुवेदी, पर्वतबाट ,सुरेश रेग्मी र नवलपुरबाट यामु कुमाल उत्कृष्ट १० मा पर्न सफल  भएका थिए ।

पुरस्कृत फोटोग्राफरहरुलाई प्रमुख अतिथी गण्डकी प्रदेशका  प्रदेश सदस्य माननीय विष्णु प्रसाद लामिछानेले सम्मान पत्रले सम्मान गर्नु भएको थियो ।कार्यक्रममा  नेपाल फोटोग्राफर महासंघका अध्यक्ष महेन्द्र प्रसाद उपाध्याय,नेपाल पत्रकार महासङ्घ गण्डकीका अध्यक्ष नारायण शर्मा, ,घरेलु तथा साना उधोग कार्यालय नवलपुरका नि.प्रमुख राधा सापकोटा , नेपाल फोटोग्राफर महासंघका वरिष्ठ उपाध्यक्ष श्रीराम कँडेल, कैलाश सहकारी संस्थाका अध्यक्ष खडा नन्द अधिकारी, नेपाल पत्रकार महासङ्घ नवलपुरका अध्यक्ष वीरेन्द्र पराजुली , चितवन  फोटोग्राफर संघका अध्यक्ष लक्ष्मण गुरुड.,पोखरा फोटोग्राफर संघका अध्यक्ष जनकराज तिवारी, लुम्बिनी फोटोग्राफर संंघका अध्यक्ष मनिस पंथ, नवलपरासी फोटोग्राफर संंघका अध्यक्ष चेतनारायण पाण्डे, कपिलवस्तु फोटोग्राफर संंघका उपाध्यक्ष कर्ण कुँवर , जीवन ढुंगाना , घनश्याम पौडेल,किशोर अधिकारी, दिपेन्द्र बस्याल  लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

उपाध्यक्ष नारायण बहादुर केसीले स्वागत मन्तव्य राख्नु भएको  कार्यक्रमको संस्थाका अध्यक्ष दुर्गा प्रसाद पौडेलको अध्यक्षतामा सञ्चालन भएको थियो।  कार्यक्रम संस्थाका सचिव तुलसी राम सुवेदीले सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्