एमाले ललितपुर अध्यक्षमा संजेलकाे दाबी

0
Shares

न्युज अफ नेपाल, ललितपुर ।

पुष २३ गते देशभर नेकपा एमालेले आफ्नो जिल्ला अधिवेशन सम्पन्न गर्दैछ । लामो समय पश्चात् हुन लागिरहेकोले सबै जिल्लाका नेता तथा कार्यकर्ताहरूमा नयाँ जोश र ऊर्जा थपेको छ यस क्रममा ललितपुरको पनि माहोल तातिएको छ ।

अधिवेशनको लागि सम्पूर्ण पूर्वतयारी लगभग पूरा भएको छ यसको लागि आर्थिक जनपरिचालन मञ्च व्यवस्थापन खाद्य र यातायात लगायत उपसमितिले आफ्नो तयारी पूरा गरिसकेका छन् ।

भने  पौष २० गते ललितपुरका ७१ वटै वडाबाट प्रतिनिधिहरू सर्वसम्मत रूपमा चयन भइसके पश्चात् नयाँ नेतृत्वको लागि चुनावी माहोल बढेको छ । यसै क्रममा जिल्ला अध्यक्षको लागि ललितपुर निर्वाचन क्षेत्र नम्बर १ (ख) बागमती प्रदेश सांसद चेतनाथ संजेल मूख्य दाबेदारका रूपमा देखिएका छन् भने हालका जिल्ला सचिव पुरुषोत्तम आचार्यले पनि अध्यक्ष लागि इच्छा व्यक्त गरेकाले सर्वसम्मतको लागि माथिल्लो तहबाट प्रयास भइरहेको एक नेताले जानकारी दिए र यस पटक चेतनाथ संजेल नेतृत्वमा सर्वसम्मत जिल्ला कमिटी गठन हुने सम्भावना देखिएको छ ।

यसका लागि ललितपुरका सबै पालिका कमिटीका अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारी र जन संगठनका  अध्यक्षहरू खुलेरै चेतनाथ संजेलको पक्षमा गरिरहेको गोदावरी नगर कमिटीका अध्यक्ष प्रभाकर थापाले जानकारी गराएका छन् ।

थापाका अनुसार पुष २० गते सबै वडाबाट जिल्ला अधिवेशनको लागि प्रतिनिधि सर्वसम्मत छानिनु भएको छ र छानिएका प्रतिनिधिहरूमा ९०५ प्रतिनिधिले यस पटक चेतनाथ संजेलको नेतृत्वमा ललितपुर एमालेको जिल्ला कमिटी हुनु पर्नेमा नेतृत्वलाई खुलेरै दबाब दिई रहेको छन् साथमा जिल्लाका सम्पूर्ण जन संगठनहरुका केन्द्रीय सदस्यहरू र युवा संघ, अनेमा संघ, किसान महासंघ, जन साँस्कृतिक महासंघ, भूतपूर्व सैनिक तथा प्रहरी संगठन पेसागत महासंघ, बुद्धिजीवी परिसद लगायतका जन संगठनहरु र सम्पूर्ण निर्वाचित जन प्रतिनिधिहरू समेत चेतनाथ संजेल अहिलेको आवश्यकता भएको हुँदा यो जिल्ला अधिवेशनबाट चेतनाथ संजेललेनै नेतृत्व लिनु पर्नेमा खुलेरै लागिरहेका छन् । यो नै सर्वसम्मतको मुख्य आधार हो ।

महानगर कमिटी अध्यक्ष आस्था शाक्य, महालक्ष्मी कमिटी अध्यक्ष हरिगोबिन्द श्रेष्ठ महाकाल गा।पा। कमिटी अध्यक्ष पुरुषोत्तम हुमागाईँ, कोन्ज्योसोम गा।पा अध्यक्ष कविन्द्र कुमार लामा बागमती गा।पा। अध्यक्ष नवराज संजेल नेतृत्वको सम्पूर्ण पदाधिकारी र भूगोलका प्रतिनिधिहरू खुलेरै चतनाथ संजेलको पक्षमा लविङ्ग गरिरहेकाले चेतनाथ संजेललाई सर्वसम्मत बनाउन नेताहरुलाई दबाव परिरहेको छ ।

चेतनाथ संजेल ललितपुरका कार्यकर्ता तथा आम जनताका माझ लोकप्रिय नेताका रूपमा स्थापित नेता मानिन्छ  ।

चेतनाथ संचेल ले इलाका कमिटी अध्यक्ष १ क्षेत्रीय कमिटी उपाध्यक्ष हुंदै अध्यक्ष र लामो समय जिल्लाकमिटी मा काम गरि सकेका अनुभवी नेताका  रूपमा परिचित छन् । २०७४ मा सम्पन्न प्रदेश सभा निर्वाचनमा ललितपुर निर्वाचन क्षेत्र अन्तर्गत ख  प्रदेशबाट सानदार मतका साथ निर्वाचित भएपश्चात् क्षेत्रमा विकास निर्माणको लहरै आएको महसुस यस क्षेत्रका जनताले गरेका छन्  ।

उनको लोक प्रियताका कारण विपक्षी समेत तर्सिएको छ । चेतनाथ संजेलले नेकपा एकाले ललितपुरको नेतृत्व गर्ने अवसर पाएमा नेकपा एमाले ललितपुरमा थप सशक्त सुदृढ र पहिलो शक्तिका रूपमा स्थापित हुनेमा आम कार्यकर्ता पङ्क्ति ढुक्क देखिन्छन् ।

Skip This