सकियो काँडेतारको सुटिङ



सिमानाका विषयमा निर्मित फिल्म काँडेतारको सुटिङ पूरा भएको छ। फिल्ममा सिमानामा काँडेतार बारले मुलुकबीचका नागरिक र भूमिको संरक्षण मात्रै गर्दैन, असल छिमेकीसँगको सद्भाव कायम राख्छ भन्ने कथासार रहेको यसका निर्माता, निर्देशक तथा अभिनेता नवल खड्काले जानकारी गराए। ‘विगतमा देशभक्तिपूर्ण फिल्महरूलाई विभिन्न थरिका तत्वबाट गरिएका कर्तुत स्मरण गर्दा थप चुनौती बढ्दै छ भन्ने लागेको छ’ नवल भन्छन् ‘यसको सुटिङ पूरा भइसकेको छ भने करिब तीन करोडको लगानीमा निर्माण कार्य जारी छ।’

गायिका सत्यकला राई कार्यकारी निर्माता रहेको फिल्ममा लेखन शिवम् अधिकारी र निर्देशक खड्का, गीत नवल खड्का, दीपक शर्मा र मिलन कान्छा किराँती, गायन राजेश पायल राई, जे. पापी, विक्रम राई सत्यकला राई, संगीत मणि थापा र दीपक शर्मा, नृत्य निर्देशन कविराज गहतराज, द्वन्द निर्देशन श्री श्रेष्ठ, एसोसियट निर्देशक रामशरण कोइराला, कास्टिङ निर्देशक केशव छायांकन सौरभ लामा र सम्पादन तारा थापा ‘किम्भे’ को रहेको छ।

फिल्ममा नवल खडका, गौरव पहाडी, रेविका गुरुङ, प्रशान्त यादव, सुरबिना कार्की, मुरलीधर सञ्जय खतिवडा, रोमियन लिम्बू, प्रेम सुब्बा, परशुराम चौधरी, पुष्प श्रेष्ठ, महेश गिरी, रवि शाह, केशव रायमाझी, राजेन्द्र भगत, पन्नालाल चौधरी, अञ्जु केसी, खेम नेपाली, देवेन्द्र कोइराला, राम विश्वास थारू, मातृका घिमिरे, ऋतु चौधरी, रामेश्वर बुर्लाकोटी, प्रतीक श्रेष्ठ, प्रेम कार्की, छवि वैरागी घिमिरे तथा बालकलाकार नादिया खड्का र सनया खड्काले अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्