नवौँ राष्ट्रिय पोसाक दिवस मनाइयो

0
Shares

 न्युज अफ नेपाल, काठमाडौं । 

नवौँ राष्ट्रिय पोसाक दिवस मनाइएको छ । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालको आयोजनामा नेपाल पर्यटन बोर्डमा एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय पोसाक दिवस  कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशीलाई राष्ट्रिय धरोहर २०७८ द्वारा सम्मान गरिएको छ ।

उनलाई ११ हजार १०० नगदसहित सम्मान गरिएको हो । राष्ट्रियताको पहिचानका लागि एउटै पोसाक हुनुपर्छ भन्ने उद्देश्यका साथ २०७० सालदेखि राष्ट्रिय पोसाक दिवस मनाउन थालिएको हो ।  उक्त समारोहमा सांस्कृतिक तथा पर्यटन मन्त्री प्रेम बहादुर आले राष्ट्रिय पोसाकको महत्त्व बुझाउँदै आवश्यक रहेको औँल्याए ।

उनले राष्ट्रिय पोसाकलाई आधिकारिकता दिनका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । विशिष्ट आमन्त्रित डा. निर्मलमणी अधिकारी,कलाकारद्वय हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, साहित्यकार मोहन दुवाल, पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, प्रेम कैदी, डा. नरेन्द्र हमाल, डा. अमोद तामाङ्ग, पुर्व एसएसपी प्रह्लाद केसी, वरिष्ठ संगितका/रगायक शिला बहादुर मोक्तान, कुन्ती मोक्तान,काभ्रे सेवा समाजको अध्यक्ष नारायण महत क्षत्री , गायक शिशिर योगी, गायक रामहरी न्यौपाने, गायक अजय अधिकारी,युवराज आचार्य, गेली शेर्पा लगायतको आतिथ्यता भयो। राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका सचिव श्याम बजगाईँले ०७०सालमा काभ्रेबाट कार्यक्रमको सुरुवात गरिएको बताए ।

‘सरकारले २०७० सालदेखि राष्ट्रिय पोसाक हटेको थियो । अहिले राष्ट्र राष्ट्रिय पोसाक विहीन छ । नेपालको राष्ट्रिय पोसाक चाहिन्छ भन्ने मागसहित पोसाक दिवस मनाउन थालिएको हो’, उनले भने । पुस १७ गते विदेशी नयाँ वर्ष मनाउने गरेकाले हामीले हाम्रो आफ्नै पहिचान छ भन्ने बुझाउनका लागि यही मितिमा नै राष्ट्रिय पोसाक दिवस मनाउन थालेको उनको भनाइ छ ।

शताब्दी पुरुष सत्यमोहन जोशीले राष्ट्रको जातीय पोसाकलाई अपमान नगरिएको बताए । उनले नेपाली पहिचानका लागि राष्ट्रिय पोसाक आवश्यक रहेको जनाए । ‘हामीले हाम्रो धरोहरलाई बचाउनका लागि नयाँ पुस्तामा हस्तान्तरण गर्न आवश्यक छ । नत्र आयातित संस्कृति भित्रिन्छन्’, उनले भने ।

कार्यक्रममा शताब्दी पुरु ष सत्यमोहन जोशीलाई राष्ट्रिय धरोहर २०७८ द्वारा सम्मान गरिएको छ । उनलाई ११ हजार १०० नगदसहित सम्मान गरिएको हो । यसैगरी, कार्यक्रममा पोसाक दिवसमा महत्त्वपूर्ण योगदान पुर्‍याउने व्यक्तिहरूलाई समेत सम्मान पत्र र कदर पत्र प्रदान गरिएको छ ।

राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका अध्यक्ष राजानन्द माण्डव्यले ६३ जिल्ला सञ्जाल फैलिएको जानकारी दिए । उनले विदेशमा बसिरहेका नेपालीहरूले पनि राष्ट्रिय पोसाक दिवस उत्तिकै महत्त्वका साथ मनाइरहेको बताए । कार्यक्रममा शिक्षाविद् विद्यानाथ कोइरालाले राष्ट्रिय पोसाकको अवधारणा पत्र प्रस्तुत गरेका थिए ।

Skip This