जेभियर इन्टरनेसनल र साइपाललाई उपाधि



न्युज अफ नेपाल, काठमाडौं । 

जेभियर इन्टरनेसनल कलेज र साइपाल एकेडेमीले ८औँ यू–१९ जेभियर इन्टरनेसनल बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । जेभियर इन्टरनेसनल कलेजको बास्केटवल कोर्टमा आइतबार सम्पन्न फाइनलमा जेभियर इन्टरनेसनलले टाइम्स इन्टरनेसनललाई हराउँदै पुरुषतर्फको च्याम्पियन भएको हो ।


यस्तै, साइपाल एकेडेमीले जेभियर इन्टरनेसनल कलेजलाई हराउदै महिलातर्फ च्याम्पियन भएको हो । प्रतियोगिताको फाइनलमा पुरुषतर्फ जेभियर इन्टरनेसनलले हिमालयन टाइम्सलाई ४६–४० स्कोरले पराजित गरेको थियो । यसै गरी, महिलातर्फ साइपाल एकेडेमीले जेभियरलाई ४२–३६ स्कोरले हराउँदै उपाधि जित्यो ।


प्रतियोगिताको पुरुषतर्फ उत्कृष्ट खेलाडी जेभियर इन्टरनेसनलका आदर्श बस्नेत घोषित भए भने महिलातर्फ उत्कृष्ट खेलाडी साइपालकी प्रतीक्षा मगर घोषित भइन् ।

विजेता तथा उपविजेता खेलाडीहरूलाई नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र यस कार्यक्रमका प्रमुख अतिथि एवं कान्तिपुर मिडिया ग्रुपका एजिएम महेश स्वारले वितरण गर्नु भयो ।  प्रतियोगितामा पुरुषतर्फ ११ र महिलातर्फ ६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्