मोतीराम तिमल्सिना, काभ्रे ।
स्वास्थ्य र साहित्य दुवै क्षेत्रमा उत्तिक्कै सक्रिय ब्यक्तित्व पनौती निवासी प्रा. डा. सुमनराज ताम्राकारले नेपाली संस्करणमा यस अघि प्रकाशन गरिसक्नु भएको पनौतीको किवदन्ती तथा पनौतीको कथा संग्रह समेटिएको पनौतीका चाडपर्वहरु र मकरमेला सम्वन्धी जिल्ला संस्करण प्रकाशन गर्नु भएको छ । यो उहाँको १३ औ कृति हो ।
पनौतीमा आयोजित एक कार्यक्रममा पनौती साहित्य समाजको आयोजनामा उक्त पुस्तकको अंग्रेजी संस्करण बरिष्ठ साहित्यकार मोहन दुवालले सार्वजनिकिकरण गर्नु भएको थियो ।

माघ १ गते देखि लाग्ने मकर मेला तथा पनौतीका चाडपर्व र संस्कृतिका बारेमा अँग्रेजी माध्यमबाट लेखिएको पुस्तक प्रकाशन गरेर पनौतीलाई विश्वमै चिनाउन प्रयास गरेकोमा प्रमुख अतिथी बरिष्ठ साहित्यकार मोहन दुवालले बधाई तथा शुभकामना ब्यक्त गर्नु भएको थियो ।
उक्त पुस्तकको राष्ट्रिय संस्करण छिट्टै प्रकाशन हुने लेखक प्रा.डा. ताम्राकारले बताउनु भयो । पनौती साहित्य समाजका अध्यक्ष रामसुन्दर देउजा, पनौती रोटरी क्लवका अध्यक्ष सितु सैजु, साहित्यकारहरु तुयुकाजी ताम्राकार, सुर्यप्रसाद लाकोजु लगायतले प्रा.डा. ताम्राकारको लेखन प्रतिको रुचीलाई परिवार र समाजले महत्व दिएको बताउनु भयो ।
उक्त पुस्तकको अनुवाद विष्णुमणी अधिकारीले गर्नु भएको छ भने पुस्तकमा समावेश गरिएका पनौती चिनाउने तस्विर फोटोग्राफि प्रशान्त श्रेष्ठले खिच्नु भएको थियो । त्यस्तै चित्रकला मञ्जु स्याउलाले गर्नु भएको थियो । तिनैजनालाई लेखक ताम्राकारले नगद सहित सम्मान गर्नु भएको थियो ।

निरन्तर लेखन र स्वास्थ्य क्षेत्रमा कृयाशिल हुँदा घर परिवार र समुदायको साथ र सहयोग प्राप्त गरेकोमा ताम्राकारले धन्यवाद ब्यक्त गर्नु भयो । विशेषगरी प्रा.डा ताम्राकारले बाल र महिला स्वास्थ्यसँग सम्वन्धित रहेर पुस्तकहरु प्रकाशन गर्नु भएको छ । प्रसुती सम्वन्धी गर्भवती नामक पुस्तक, लिटिल डाक्टर, मात्र यौनका कुरा, मेरा दश साथी, स्वास्थ्य बाल कथाहरु, गाँठी कुरा, सास्कृतिक धरोहर, पनौतीका चाडपर्वहरु र मकरमेला, एक शरिर दुई जीवन, नवजात शिशुहरुको नामावली, गठेमंगल, नेवा भाषाका पुस्तकहरु प्रकाशन गरिसक्नु भएको छ ।
जनताका साथी विमोचन
बनेपामा शब्दयात्राले नमोबुद्ध निवासी शशिधर तिमल्सिनाको स्मृति ग्रन्थ जनताका साथी प्रकाशन गरी सार्वजनिक गरेको छ । समावेशी आयोगका अध्यक्ष डा.रामकृष्ण तिमल्सिनाले उक्त पुस्तकको विमोचन गर्नु भएको थियो ।
शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले तिमल्सिनाका बारेमा बताउँदै जनपक्षिय राजनीतिज्ञ, शिक्षासेवी, विकासप्रेमीको इतिहास संरक्षण गर्न पुस्तक महत्वपुर्ण रहेको बताउनु भयो ।
जनपक्षिय भएकाले तिमल्सिनाले प्रजातन्त्र स्थापनाका लागि खेल्नु भएको भूमिकाका बारेमा पुस्तकमा उल्लेख गरिएको मञ्जुश्रीले जानकारी गराउनु भयो । कार्यक्रममा एमाले नेता एवं पुर्व मन्त्री केशव बडाल लगायतको सहभागिता रहेको थियो ।











प्रतिक्रिया