विमल विष्ट, डोटी ।
डोटीको जोरायल गाउँपालिकाले विद्यालयमै गएर विद्यार्थीहरुलाई कोरोना विरुद्धको खोप लगाउन सुरु गरिएको छ । पालिका भरीका सबै विद्यालयमा अध्ययनरत १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरुलाई कोरोना विरुद्धको खोप लगाउन सुरु गरिएको इलाका स्वास्थ्य कार्यालय गड्सेराका अनमी बिद्यी भण्डारीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “स्कुलमा अध्ययन गर्ने विद्यार्थीलाई हामीले कोरोना विरुद्धको खोप लगाउन सुरु गरेका छौँ, विद्यार्थीहरु बढी जोखिममा पर्ने भएकाले खोप लगाउन थालिएको हो ।”
प्राय गरी स्कुले बालबालिकाहरू कोरोना जोखिममा पर्ने गरेका र सरकारले सबै विद्यार्थीलाई खोप दिने निर्णय गरे अनुसार उक्त पालिकामा रहेका विद्यार्थीहरुलाई एकै साथ खोप दिन थालिएको बताइएको छ ।
हालसम्म तोकिएका उमेर समूहका विद्यार्थीले आफ्नो विद्यालय तथा अन्य क्षेत्रमा तोकिएको खोप केन्द्रमा गएर खोप लगाउनुपर्ने व्यवस्था मिलाइएको गाउँपालिका स्वास्थ्य संयोजक गोविन्द विष्टले जानकारी दिनुभयो ।
विद्यार्थीहरुलाई खोप लगाउने अभियान सुरु भएपछि विद्यार्थीहरु पनि खुशी साथ खोप लगाउन आउन थालेका नवोदय मावि गड्सेरामा प्राचार्य फणेन्द्र खडायतले बताउनुभयो ।











प्रतिक्रिया