बुद्ध नेपाली, सिन्धुली ।
सिन्धुली जिल्ला अधिवेशनमा नेपाली कांग्रेस सिन्धुलीको सभापतिका लागि छ जना नेताले दाबी गरेका छन्। आगामी पुस २७ गते हुन लागेको जिल्ला अधिवेशनमा जिल्ला सभापतिका आकाँक्षीहरुले भेटगाट तथा प्रचार प्रसार सुरु गर्न थालेका छन् । वर्तमान कार्यसमितिमा सभापति
रहेका उज्जवल प्रसाद बराल, उपसभापति खड्ग बहादुर वाईवा, पुर्व जिल्ला पार्टी सचिव उपेन्द्र पोखरेल, प्रेमचन्द्र दाहाल, पुराना नेता विश्वनाथ कोईराला, विरिष्ट नेता माणिक ढकालले सभापतिका लागि दाबेदारी गरेका हुन्। सिन्धुली जिल्ला अधिवेशनमा सभापति शेर बहादुर देउवा पक्षबाट प्रेम चन्द्र दाहाल र अरु बाँकी वरिष्ट नेता रामचन्द्र पौडेल पक्षका रहेका छन् । जिल्ला अधिवेशनका लागि दुई साताभन्दा कम समय बाँकी रहेकाले सभापतिका आकाक्षिहरुले प्रचार प्रसारलाई वित्रता दिन थालेका छन् ।
सभापतिको उम्मेदवारी घोषणा गरेर नेताहरु प्रचार प्रसारमा लागेपछि जिल्ला अधिवेशनको चहलपहल बढ्दै गएको छ । सभापतिका लागि एउटै समूहबाट बढी आकांक्षी भएपछि साझा उम्मेदवार बनाउन नेताहरूलाई दौडधुप बढेको छ। नेपाली काग्रेस सिन्धुलीको जिल्ला अधिवेशनमा वडा अधिवेशनबाट छनोट भई आएका एक हजार ५ सय १२ जना क्षेत्रिय प्रतिनिधिले मतदानमा भाग लिन पाउनेछन् ।











प्रतिक्रिया