सिन्धुपाल्चोकको सभापति बन्न उप-प्राध्यापकबाट राजिनामा

उप प्राध्यापक डा‍‍.लामा भन्नुहुन्छः राजनिति गर्नेले राजिनामा दिनैपर्छ


न्युज अफ नेपाल,काठमाडौं ।

नेपाली कांग्रेसको सिन्धुपाल्चोक सभापति बन्न त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा.प्रेमध्वज लामाले पदबाट राजीनामा दिएका छन् । इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागका उपप्राध्यापक लामाले भर्खरै पिएचडी उपाधि हासिल गर्नुभएको थियो ।

उपप्राध्यापक डा. लामाले शुक्रबार पदबाट राजीनामा दिनभएको थियो । राजिनमापछि उहाले भन्नुभयो(राजनीतिमा लाग्ने सबैले राजिनामा दिनुपर्नेबताउनुभयो । भन्नुभयो(राजनितिलाई मुख्य विषय छानेपनि पदमा लाभ लिनु हुदैन । त्रिविका अन्य कर्मचारीहरु राजनितिमा लागेपनि हालसम्म राजिनामा दिएका छैनन् । नेताको आडमा राजिनामा नदिएका कर्मचारीलाई त्रिबिले कारबाही गर्ने जनाएको छ । राजनीतिमा केन्द्रित हुन यही २७ गते सभापतिको उम्मेदवारी दिन राजीनामा दिएको हुँ ।

डा. लामाले शुक्रबार विभागमा राजीनामा(पत्र बुझाएको विभागका मुख्य कार्यालय सहायक इन्द्रकुमारी महर्जनले जानकारी दिनुभयो । बिसं २०४९ सालदेखि सालदेखि सक्रिय राजनितमा होमिएका डा. लामा सिन्धुपाल्चोकका पुराना नेता हुनुहन्छ । उहाले जिल्लाका नेबिसंघको अध्यक्ष भैसक्नुभएको छ ।

२०५८ सालदेखि त्रिवि केन्द्रीय विभागमा अध्यापन शुरु गर्नुभएका डा लामा ०६४ सालमा करार सेवामा प्रवेश गर्दै ०७४ सालमा स्थायी हुनुभएको थियो । यसै वर्षमा पिएचडि सक्नुभएका डा लामालाई राजिनामा नदिन विभिन्न तहबाट दवाव परेको थियो । मैलै नैतिकता देखाएर राजिनामा दिएको हुँ , म जस्ता अन्य शिक्षक कर्मचारी पनि राजनितक आस्था बोकेर जागिर खान हुदैन (उहाले भन्नुभयो ।

उहालाई नेपाली काग्रेसका नेता मोहनबहादुर बस्नेतको समर्थनमा सभापति को उम्मेदवारी दिन लाग्नुभएको हो । ‘राजनीतिक दलसम्बन्धी ऐन,२०७३’ ले सरकारी सेवासुविधा लिएका बहालवाला शिक्षक तथा कर्मचारीलाई राजनीतिक दलको सदस्यता लिन र प्रतिनिधि बन्न बन्देज गरेको छ ।

सोही ऐनको आधारमा त्रिविले राजनीतिमा लाग्ने शिक्षक कर्मचारीलाई तत्काल राजनिची छाड्न चेतावनी सहितको सुचना जारी गरेको थियो । सोही आधारमा उपप्राध्यापक डा. लामाले राजिनामा दिनुभएको हो ।नेपाली कांग्रेसले सिन्धुपाल्चोकसहित १६ जिल्लामा पुस २७ गते जिल्ला अधिवेशनको मिति तय गरेको छ । लामा कांग्रेसको संस्थापन समूह निकटका हुन्।

सिन्धुपाल्चोक सभापतिका लागि संस्थापन इतर समूहबाट वंशलाल तामाङको नाम चर्चामा छ । डा लामा क्षेत्र नम्बर १ का हुनुहुन्छ भने तामाङ २ नम्बर क्षेत्रका हुन । जिल्लामा उच्च राजनीति आधार बनाएका डा लामाले नेविसंघको विभिन्न पदमा नेतृत्वदायी भुमिका निर्वाह गरिसक्नुभएको छ ।